प्रहर खबर
 २०८३ भाद्र १४, आइतवार    

मकवानपुरमा गठवन्धनकै दलबिच कुटाकुट

२०७९ बैशाख २६, सोमबार ११:०० बजे

हेटौंडा – मकवानपुरको बकैया गाउँपालिकामा गठवन्धनकै दलबिच कुटाकुट भएको छ । बकैया गाउँपालिका वडा नंबर ७ कत्लेखोलामा भएको कुटाकुटबाट दुईजना घाईते भएका छन् ।

चुनावी माहोलको विषयमा विवाद हुँदा नेपाली कांग्रेस निकट रामबहादुर राईले २०–२५ जना कार्यकर्ताको परिचालन गरि माओवादी केन्द्रका कत्लेखोला टोल कमिटि अध्यक्ष विष्णु राई र राप्रपा गाउँकमिटि उपाध्यक्ष हरि राईलाईलाई निर्घात कुटपिट गरेको माओवादी केन्द्र मकवानपुरकी नेतृ तथा स्थानीय निर्वाचनको लागि बकैया वडा नंबर ७ की चुनावी कमाण्डर लक्ष्मी माझी‘कृपा’ले जानकारी दिईन् ।

घाइते विष्णु र हरिको हेटौँडा स्थित चुरेहिल अस्पतालमा उपचार भैरहेको माझीको भनाई छ । घटनाबारे जानकारी दिँदै प्रहरी कार्यालय हात्तिसुडेका सहि दमन तामाङले आफुहरुलाई दुबै पक्षको निवेदन आएको र घाईतेको उपचार पश्चात घटनाको विषयमा थप छानविन हुने बताए ।