प्रहर खबर
 २०८३ जेष्ठ २३, शनिवार    

आज बागमतीदेखि पश्चिममा ठूलो पानी पर्ने सम्भावना

२०८२ असार २८, शनिबार ०६:५० बजे

मकवानपुर । गएराति देशका केही ठाउँमा सामान्य वर्षा मात्रै भएको छ ।

भेलबाढी आउने गरी कतै पनि पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो र राति भने केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ ।