हेटौंडा – बैतडीमा आफ्नै बुवाको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । आफ्नै बुवा ६८ वर्षीय अन्तराम जोशीलाई मही बनाउने पारो प्रहार गरी हत्या गरेको अभियोगमा डिलासैनी गाउँपालिका–५ सेरा बस्ने २३ वर्षीय लोकराज जोशीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
लोकराजले पारो प्रहार गर्दा उनकै बुवाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी गोकुलेश्वर र ईलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।