हेटौंडा – आफ्नै श्रीमानको हत्या अभियोगमा झापामा एक महिला पक्राउ परेकी छन् । आफ्नै श्रीमान ५३ बर्षीय टेक बहादुर कार्कीको हत्या गरेको अभियोगमा कन्काई नगरपालिका–३ की ४५ बर्षीया सुनिता कार्कीलाई आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरूबीच बैशाख ८ गते बेलुका घरायसी बिषयमा विवाद हुँदा सुनीताले कुटपिट भएको थियो । सुनिताको कुटपिटबाट टेक बहादुर गम्भीर घाइते भएका थिए । उनको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार पश्चात घर ल्याएकोमा आइतबार बिहान घरमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त घटनाको सूचना पाएपछि ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले सुनीतालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिहेको जनाएको छ ।