हेटौंडा – कास्कीमा गएराति जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।
कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जा हनुमान चोकमा गएराति सवा १ बजे ग २ च २६८४ नम्बरको जीप आफै अनियन्त्रित जीप दुर्घटना हुँदा म्याग्दी मंगला गाँउपालिका १ मजुलाका ४७ वर्षिय गजेन्द्र पुन र तनँहु घर भई हाल पोखरा १० शिवचोक बस्ने ३७ वर्षिया बसन्ती मगर घाईते भएका थिए ।
घाईते दुबैको पश्चिम क्षेत्रिय अस्पतालमा उपचार भैरहेकोमा बसन्तीको उपचारकै क्रममा राति सवा २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । गएराति सवा १ बजे जीप आफै अनियन्त्रित भई सडक छेउको विद्युतको पोलमा ठक्कर खाएको थियो । चालक फरार रहेकाले खोजिकार्य भैरहेको वडा प्रहरी कार्यालय बगरले जानकारी दिएको छ ।