प्रहर खबर
 २०८३ भाद्र १४, आइतवार    

मकवानपुरमा लोडर दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

२०७९ बैशाख १९, सोमबार १२:३५ बजे

हेटौंडा – काठमाडौं–निजगढ फास्ट ट्रयाक अन्तर्गत मकवानपुरमा लोडर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्लाको मकवानपुरगढी गाउँपालका वडा नं.१ घट्टेपाखामा लोडर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शी राज्यविक्रम घिमिरेले बताए । उनका अनुसार उक्त लोडरमा ६ जना सवार रहेकोमा दुई जनाको मृत्यु र एकको अवस्था गम्भीर रहेको छ । दुर्घटनाको पुरा बिवरण आउँन बाँकी छ ।

फास्ट ट्रयाक निर्माणको क्रममा लोडर दुर्घटना भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए । उद्धार टाली घटनास्थलमा पुगेको र बृस्तृत बिवरण आउँन बाँकी रहेको काकीले बताए ।