प्रहर खबर
 २०८३ भाद्र १३, शनिवार    

बसले किच्दा एक जनाको मृत्यु

२०७९ असार २६, आईतबार १०:०९ बजे

हेटौंडा – भरतपुर महानगरपालिका २५ शुक्रनगरमा बसले किच्दा सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका २४ बस्ने २१ बर्षीय सुरज नेपाली रहेका छन् ।

आइतबार बिहान शुक्रनगरमा ना ५ ख ९६७ नम्बरको बसले किच्दा नेपालीको मृत्यु भएको हो ।बस बिग्रिएपछि चालक र सह–चालक दुवैले बस मर्मत गरिरहेका थिए । त्यहीबेला बस चालकले बस स्टार्ट गरि अगाडि बढाउने क्रममा बस मुनि रहेका सह–चालक किचिएका थिए ।

बसले किच्दा गम्भीर भएका उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बस र बस चालकलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।