प्रहर खबर
 २०८३ भाद्र १६, मङ्गलवार    

मकवानपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियुको होली विशेष कार्यक्रम(तस्बिरसहित)

२०७८ चैत्र २, बुधबार ०५:३८ बजे

हेटौंडा – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानपुर बहुमुखी क्याम्पस कमिटीले होलीको अवसरमा बुधवार शुभकामना अदानप्रदान कार्यक्रम गरेको छ । मकवानपुर बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा रंग अबीर दलेर फागुपूर्णिमा पर्बको शुभकामना आदान प्रदान गरिएको थियो ।

नेकपा एमाले मकवानपुर जिल्ला कमिटी सचिव तथा क्याम्पसका पुर्व स्ववियु सभापती नविन सिग्देलले विद्याथीहरुलाई अविर लगाएर शुभकामना दिएपछि शुभकामना कार्यक्रम सुरु भएको थियो । कार्यक्रममा अनेरास्ववियु केन्दिय सदस्य मिलन पाठक, सन्तोष पौडेल, आशिष अस्लामी मगर,जिल्ला इन्चार्ज किशन घिसिङ, जिल्लाका अध्यक्ष विशाल पौडेल, सचिव पुष्कर तिमल्सीना, सहसचिव प्रमोद फुयाल लगायत विद्याथी नेताहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा अध्यक्षता मकवानपुर बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष अशिष रौनियारको रहेको थियो ।