प्रहर खबर
 २०८३ भाद्र १३, शनिवार    

खोलाले बगाउँदा बुबा–छोरा बेपत्ता

२०८० श्रावण २८, आईतबार १६:०७ बजे

दोलखा – दोलखामा खोलाले बगाउँदा बुबा–छोरा बेपत्ता भएका छन्। खोलाले बगाउँदा बिगु गाउँपालिका–७ का निम्फुन्जो शेर्पा र उनका छोरा बेपत्ता भएका हुन्।

गाउँ नजिकैको जंगलमा निउरो टिप्न गएका दुवै जनालाई खोला तर्ने क्रममा बगाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपक खड्काले जानकारी दिए। स्थानीयबासीले जानकारी गराएपछि अहिले प्रहरी चौकी बिगुबाट टोली घटनास्थलमा गएको छ।