प्रहर खबर
 २०८३ जेष्ठ २३, शनिवार    

मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु

२०८० आश्विन १८, बिहीबार १७:५३ बजे

काठमाडौं – काठमाडौंको कीर्तिपुरमा बिहीबार बिहान मोटरसाइकलको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भई कीर्तिपुर बस्ने १२ वर्षीय सुरज मगर रहेका छन् ।

कीर्तिपुर नगरपालिकास्थित ल्याबरेटोरी स्कुल अगाडि मोटरसाइकलले ठक्कर दिदा बालकको मृत्यु भएको प्रहरी वृत्त कीर्तिपुरका डिएसपी राजु लामाले जानकारी दिए। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका मगरलाई बल्खुस्थित बयोधा अस्पताल लगिएको थियो।

त्यहाँ पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकल चालक फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।