प्रहर खबर
 २०८३ भाद्र १३, शनिवार    

खेलाडीको मृत्यु भएपछि प्याराग्लाइडिङ खेल स्थगित

२०७९ आश्विन ३०, आईतबार ०९:५९ बजे

पोखरा– नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाइडिङ खेलका क्रममा खसेर खेलाडीको मृत्यु भएपछि प्याराग्लाइडिङ खेल स्थगित भएको छ।

खेलाडीको मृत्युपछि प्याराग्लाइडिङका सबै खेलहरु अनिश्चितकालका लागि स्थगित गरिएको नेपाल प्याराग्लाइडिङ तथा ह्याङ ग्लाइडिङ संघले जनाएको छ।

प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङ खेल चलिरहेको अवस्थामा आइतबार प्याराग्लाइडिङ आकाशबाट सारङकोटस्थित जमिनमा त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निसिम थापाको मृत्यु भएको थियो।

‘उडान लगत्तै उनको प्याराग्लाइडिङ ‘कोल्याप्स’ भयो,’ एक प्रत्यक्षदर्शीले भने, ‘उनी सोझै पोखरा–१८ सराङकोटस्थित एक निर्माणाधीन भवनमा खसेका थिए।’

लामो समयदेखि पोखरामा रहेर प्याराग्लाइडिङमा सहभागी निसिमको घर भने गोरखाको पालुङटार हो। उनी प्याराग्लाइडिङ खेलाडीहरुको छाता संस्था एफएआईका कम्पिटिसन वरीयता प्राप्त खेलाडी थिए।