प्रहर खबर
 २०८३ भाद्र १३, शनिवार    

मकवानपुरमा जङ्गली च्याउ खादा एक जनाको मृत्यु, चार जना विरामी

२०८१ असार १०, आईतबार २०:०४ बजे

हेटौंडा – मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं.७, दुगुवाङमा जङ्गली च्याउ खाएर एक जनाको मृत्यु भएको छ भने चार जना विरामी भएका छन् । मृत्यु हुनेमा ५५ बर्षीय दलबहादुर प्रजा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार जङ्गलबाट ल्याएको जङगली च्याउ ल्याएर पकाएर खादा दलबहादुर सहित उनको श्रीमती बर्ष ४५ बर्षकी जालिमाया प्रजा, उनको छोरी बर्ष १५ की रेन्जु प्रजा, बर्ष ८ सविना प्रजा र छोरा बर्ष १० को सुशल प्रजा विरामी भएका थिए ।

उनीहरुलाई सरकारी अस्पताल भरतपुर चितवनमा लगिएकोमा गम्भीर विरामी भएका दल बहादुरको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरु एकै परिवारका हुन् ।