काठमाडौँ । नेकपा (एमाले)का सांसद योगेश भट्टराईले प्रधानमन्त्रीसँग स्पेन भ्रमणमा गएकाहरू नफर्किएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले दिएको अभिव्यक्ति निन्दनीय रहेको टिप्पणी गरेका छन्।
मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद भट्टराईले प्रधानमन्त्री ओलीको स्पेन भ्रमणबारे सांसद गौतमले दिएको अभिव्यक्ति निन्दनीय र भत्सनायोग्य रहेको टिप्पणी गरेका हुन्।
उनले प्रधानमन्त्रीको भ्रमण दलमा रहेका २८ जना नै स्वदेश फर्किसकेको कार्यालयले नै पुष्टि गरिसकेको उल्लेख गर्दै प्रधानमन्त्री कार्यालयलाई लाञ्छित गर्ने गरी आएको अभिव्यक्ति निन्दनीय रहेको बताए।
उनले रास्वपा सांसदहरुलक्षित आफ्नै दलका नेताहरू जेलमा रहेको तथा मेनपावरमार्फत ठगी गरिरहेको आरोपसमेत लगाए।