काठमाडौं – रौतहटमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । ईशानाथ नगरपालिका–९ मा बस्ने २० वर्षीय गणेश यादवले कुटपिट गर्दा राजदेवी नगरपालिका–१ पथरा बस्ने २५ वर्षीय गजेन्द्र दासको मृत्यु भएको हो ।
जिल्लाप्रहरी कार्यालय रौतहट र प्रहरी चौकी बडहर्वाबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न फरार रहेका यादवको खोजी गरिरहेको छ ।