हेटौंडा – ट्रकको ठक्करबाट अटो चालकको मृत्यु भएको छ । बाँकेको कोहलपुर नगरपालिका ११ पिपलचौतारामा बुधबार ट्रकको ठक्करबाट अटो चालक कोहलपुर नगरपालिका १३ का २९ वर्षिय राम सेवक थारुको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भिर घाइते भएका उनको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो । भे १ स ४९४१ नम्बरको अटोलाई भारतीय नम्बर प्लेटको ट्रकले आज दिउँसो पौने १ बजे ठक्कर दिएको हो । दुबै सवारी साधन सहित ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।