हेटौंडा – चितवनको भरतपुर महानगरपालिका २९ सेतिदोभानमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पत्ती गम्भीर घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक गोरखाको नारिश्वर नगरपालिका ३ का ६५ बर्षीय राजु बाबु श्रेष्ठ र पछाडी सवार उनकी ४५ बर्षीया श्रीमती सिता श्रेष्ठ रहेका छन् ।
प्रहरीका अनुसार घाइते श्रेष्ठ दम्पतीको मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ । काठमाडौँबाट रौतहट तर्फ जाँदै गरेको प्रदेश २-०३-००१ ख १७७८ नम्बरको ट्रकले बिपरित दिशाबाट आँउदै गरेको श्रेष्ठ दम्पत्ती सवार बागमती प्रदेश ०२–०२१ प ८५६१ नम्बरको मोटरसाइकललाई आज बिहान साढे ८ बजे ठक्कर दिएको थियो ।
दुवै सवारी साधन र ट्रक चालकलाई नियन्त्रणमा लिएको प्रहरी चौकी जुगेडीले जनाएको छ ।