प्रहर खबर
 २०८३ भाद्र १३, शनिवार    

हेटौंडा सहित देशका अधिकांश स्थान बर्षा, सतर्क रहन आग्रह

२०७९ भाद्र १६, बिहीबार ०३:०१ बजे

हेटौंडा – हाल सामान्य देखि पूर्णतया बदली रही बागमती प्रदेशको राजधानी हेटौंडासहित देशका विभिन्न स्थानमा बर्षा भइरहेको छ ।  प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही, कर्णाली प्रदेशका थोरै तथा सुदूरपश्चिम प्रदेशको एक(दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सप्तरीको बरमझिया, बाराको निजगढ, बबई नदी जलाधारको चेपाङ, धनवास र आसपास क्षेत्रमा पछिल्लो ३ घण्टा भारी बर्षा भएको छ । सो क्षेत्रको साना तथा ठुला नदिमा आकस्मिक बहाव भई जलसतह सतर्कता तह आसपास पुगेको छ । उक्त नदिका तटिय क्षेत्र डुवान भईरहने होचा स्थानमा भएकोले सतर्कता अपनाउन आग्रह समेत गरिएको छ ।

कुन–कुन जिल्लाको नदिमा आउँला बाढी ?

बर्षाका कारण उदयपुर, सिन्धुली, मकवानपुर, पर्सा, बारा, चितवन, धादिङ, नवलपरासी, रुपन्देही, तनहुँ, कपिलबस्तु, स्याङजा, पर्वत, कास्की, म्याग्दी, बाग्लुङ, गुल्मी, अर्घखाँची, पाल्पा लगायत जिल्ला आसपास भई बग्ने साना तथा ठुला नदिहरुमा आकस्मिक बहाब बड्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । रौतहट, सर्लाही, महोतरी, प्युठान, रोल्पा, सल्यान, दाङ, रुकुम पूर्व, सुर्खेत जिल्ला आसपास भई बग्ने नदिहरुमा पनि पानीको बहाब बड्ने अनुमान छ ।

यस्तो छ तीन दिनको मौसम 

२०७९ भदौ १६ गते (बिहीबार)

दिउँसो :  देशभर आंशिक देखि सामान्य बदली रहनेछ।  प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश,  गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश,  गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

२०७९ भदौ १७ गते (शुक्रबार)

दिउँसो :  देशभर सामान्य बदली रहनेछ।  प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश,  गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राती : मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरुमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश,  गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

२०७९ भदौ १८ गते (शनिबार)

दिउँसो :  कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरुमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश,  गण्डकी प्रदेश र लुम्बिनी प्रदेशहरुका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

राती : कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरुमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश,  गण्डकी प्रदेश र लुम्बिनी प्रदेशहरुका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  प्रदेश १ को एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।