प्रहर खबर
 २०८३ कार्तिक ३, सोमवार    

गाडीमा जुवातास खेल्ने ७ जना पक्राउ

२०७९ भाद्र १०, शुक्रबार ०७:०४ बजे

हेटौंडा – गाडीमा जुवातास खेल्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं नागार्जुन नगरपालिका–४ सितापालास्थित ताम्राकार हाउसको पार्किङमा रहेको बागमती प्रदेश ०१–०२५ च १२२९ नम्बरको भ्यानमा जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उक्त भ्यानमा तारकेश्वर नगरपालिका–३ बस्ने ३१ वर्षीय आकाश गजुरेल सहित ७ जनाले जुवातास खेलिरहेको अवास्थामा बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५१ हजार रूपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।