प्रहर खबर
 २०८३ जेष्ठ २३, शनिवार    

साउथ एसियन चेस च्याम्पियनसिप मंगलबारबाट सुरु हुने

२०८० जेठ २९, सोमबार ०९:१४ बजे

काठमाडौं – दोस्रो साउथ एसियन चेस च्याम्पियनसिप भोलि मंगलबारबाट सुरु हुने भएको छ । नेपाल बुद्धिचाल महासंघले सोमबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप मंगलबारबाट सुरु हुने जनाएको छ ।

ललितपुर गोदावरीस्थित भ्यु भृकुटीमा आयोजना हुने च्याम्पियनसिप असार ४ गतेसम्म संचालन हुनेछ । च्याम्पियनसिपमा नेपाल,भारत,माल्दिभ्स, बंगलादेश, भुटान, पाकिस्तान र श्रीलंकाको सहभागिता रहनेछ ।

च्याम्पियनसिपमा हरेक देशबाट एक एक जना महिला र पुरुष खेलाडी, डिफेन्डिङ च्याम्पियन गरि १०/१० जना खेलाडीको सहभागिता जनाउने छन् ।

राउण्ड रोबिन प्रणालीमा आयोजना हुने च्याम्पियनसिपमा नेपालबाट फिडेमास्टर रुपेश जयसवाल, सुरबीर लामा, महिला फिडेमास्टर सुजना लोहनी, सुशिला गुरुङले सहभागिता जनाउने छन् ।

प्रतियोगिताको पुरुष विजेताले १ लाख ५० हजार, दोस्रोले १ लाख र तेस्रोले ५० हजार पाउने छन् । महिलातर्फ विजेताले १ लाख, दोस्रोले ६० हजार र तेस्रोले ४० हजार पाउने छन् ।