प्रहर खबर
 २०८३ जेष्ठ २३, शनिवार    

हेटौंडाबाट एक युवक पक्राउ

२०८० फाल्गुन २१, सोमबार २०:१३ बजे

मकवानपुर – हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटे चेक प्वाईन्टबाट सोमबार लागुऔषध गाँजा सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहट, माधव नारायण नगरपालिका–१ बस्ने अन्दाजी २७ वर्षीय महेश कुमार यादव रहेका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढबाट वीरगंजतर्फ जाँदै गरेको ना.६ ख।३५५७ नम्बरको यात्रुवाहक बसलाई चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार यादवले बोकेको भिर्ने झोलाभित्र लागुऔषध गाँजा अन्दाजी २ किलोग्राम फेला पारेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

उक्त लागुऔषध गाँजा सहित यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।