हेटौंडा । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
शुक्रबार तोलामा १ लाख ८९ हजार ४०० रुपैयाँ कायम भएको सुन आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदी शुक्रबार तोलामा २ हजार १६५ रुपैयाँ रहेको र आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।