काठमाडौं – कोशी प्रदेशसभा सदस्यको छोराले चलाएको मोटरसाइकलको ठक्करको ठक्करबाट एकजना युवकको मृत्यु भएको छ। सञ्चारमाध्यमका अनुसार कोशी प्रदेशसभा सदस्य ललिताकुमारी चौधरीका छोरा १८ वर्षीय अक्षत माझीले चलाएको प्रदेश १–०२–४४ प ८४४ नम्बरको मोटरसाइकलको ठक्करको ठक्करबाट २४ वर्षीय आकाश मण्डलको बुधबार बिहान मृत्यु भएको हो।
झापाको चारआली घर भइ मोरङको बूढीगंगा गाउँपालिका–१ मा बस्दै आएका मण्ललाई ४ दिनअघि मोटरसाइकलले ठक्कर दिएको थियो। क्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराट शिक्षण अस्पताल भर्ना गरिएको थियो। नेमुवाबाट तीव्र गतिमा विराटनगरतर्फ हुइँकिएको मोटरसाइकलले कोशी राजमार्गअन्तर्गत बूढीगंगा–१ स्थित हिमगिरी साबुन फ्याक्ट्रीअगाडि भदौ ५ गते शनिबार साँझ ७:१० बजेतिर आकाशलाई ठक्कर दिएको हो।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार बाटो क्रस गर्दैगर्दा दुर्घटनामा परेका आकाशको उपचारका क्रममा बुधबार बिहानका राति २:३० बजेतिर मृत्यु भएको हो। आफन्तका अनुसार बूढीगंगा–१ मा कोठा भाडामा लिएर बस्ने आकाश र उनकी पत्नी उषा तामाङ स्थानीय अमन होटलमा काम गर्थे।