प्रहर खबर
 २०८३ भाद्र ११, बिहीवार    

ट्रम्प र वाइडेन बहस ५१ लाखले हेर्दा, मस्क र ट्रम्पको बार्ता सुन्ने जम्मा १.३ लाख मात्रै

२०८१ श्रावण २९, मंगलबार ०८:११ बजे

वासिंगटन डिसी – यतिखेर एक्सका मालिक एलन मस्क र अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्प बिच एक्स स्पेशमा अन्तर्वाता चलिरहेको छ ।

तर, करिब आधा घण्टाको स्पेश बार्ताले के देखाएको छ भने उनीहरूको अन्तरबार्ता जम्मा १.३ मिलियन मानिसहरूले मात्र लाइभ सुनिरहेका छन्।

यसको विपरित जब मस्कले गत वर्ष ट्विटर स्पेसमा रोन डेसेन्टिसको राष्ट्रपति अभियान सुरु गर्न मद्दत गरेका थिए, त्यो बेला लगभग ३ लाख भन्दा मानिसहरू प्रत्यक्ष संबाद सुनेका थिए ।

यस अभियानको क्रममा धेरै अन्य महत्त्वपूर्ण घटना तथा टेलिभिजन प्रसारणको तुलनामा आजको मस्क र ट्रम्पको कुराकानी सुन्ने स्रोतको संख्या भने निकै सानो रहेको छ ।

यसअघि ५१ मिलियन भन्दा बढी मानिसहरूले ट्रम्प र राष्ट्रपति जो बाइडेन बीचको बहस हेरेको निल्सन रेटिङ एजेन्सीले जानकारी दिएका थिए भने गत महिना रिपब्लिकन नेशनल कन्भेन्सनमा ट्रम्पको भाषण २८ मिलियनले हेरेका थिए।

तर, विश्वको सबैभन्दा ठुलो सामाजिक प्लेटफर्ममा स्रोता कम पाइएको वीवीसीले उल्लेख गरेको छ ।