प्रहर खबर
 २०८३ भाद्र १४, आइतवार    

मकवानपुरमा नेकपा एसमा पहिरो, जिल्ला अध्यक्ष पोखरेल सहित २ दर्जन बढीले छोडे पार्टी (विज्ञप्तिसहित)

२०७९ बैशाख १४, बुधबार ०८:४० बजे

हेटौंडा – नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलसहित नेताकार्यकताले पार्टी परित्याग गरेका छन् । बुधबार दिउँसो हेटौँडामा पत्रकार सम्मेलन गरी अध्यक्षसहित पार्टीका नेताहरुले पार्टी परित्याग घोषणा गरेका हुन् ।

पार्टी परित्यग गर्नेहरुमा पार्टीका जिल्ला सचिवालय सदस्य देवेन्द्र कोइराला, उत्तम शर्मा, विरेन्द्र डीसी, जिल्ला सदस्य गोपाल बहादुर चेपाङ, जेम प्रजा, मनहरी गाउँकमिटीका सह—सचिव जोन प्रजा, सदस्य विमल स्याङ्तान, प्रबिण चेपाङ, सुब्बा बहादुर चेपाङ, शुरेस पाण्डे, राज चेपाङ, राजन चेपाङ लगायत २९ जनाले सामुहिक रुपमा साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग घोषणा गरेका हुन् । 

shreedhar pokharel