प्रहर खबर
 २०८३ कार्तिक ४, मङ्गलवार    

च्याम्पियन्स ट्रफी एन्फालाई फिर्ता

२०७९ माघ ६, शुक्रबार ०८:४१ बजे

हेटौंडा – सहिद स्मारक ए डिभिजन लिगको साविक विजेता दोस्रो पटक मच्छिन्द्र फुटबल क्लबले च्याम्पियन्स ट्रफी एन्फालाई फिर्ता गरेको छ । एन्फाका महासचिव किरण राईले मछिन्द्र फुटबल क्लबका सहायक टिम म्यानेजर शिरीष श्रेष्ठबाट ट्रफी ग्रहण गरे ।

गएको सिजनमा मच्छिन्द्रले अपराजित रहदै शहीद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि जितेको थियो। मच्छिन्द्रले ११औँ चरणको खेलमा सातदोबाटोलाई १–० गोलले पराजित गर्दै मच्छिन्द्र दुई खेल अगावै च्याम्पियन बनेको थियो ।

उपाधि पक्का गरिसकेको मच्छिन्द्रले गएको सिजनको अन्तिम खेलमा विभागीय टिम एपीएफलाई २–१ ले हराएको थियो । मच्छिन्द्र लगातार दोस्रो पटक सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन बनेको थियो। यसअघि मछिन्द्रले २०७६ सालमा अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै उपाधि जितेको थियो।

१९७३ मा मच्छिन्द्र बहाल क्लबका रुपमा स्थापित भएको मच्छिन्द्रले २००४ पछि मच्छिन्द्र फुटबल क्लबका रुपमा आफ्नो नाम परिवर्तन गरेको थियो। क्लबले हालसम्म ए डिभिजन लिगको उपाधि दोस्रो पटक जितेको छ ।

ए डिभिजन लिग २०७९ आउँदो ३ मार्च अर्थात फागुन १९ देखि लिग सञ्चालन गर्ने निर्णय भएको छ । लिगमा ए डिभिजनका १४ क्लबबीच प्रतिस्पर्धा गराईनेछ ।