चितवन – पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–५ नाग्दी खोलास्थित त्रिशूली नदीमा ट्रक खसेर बेपत्ता भएको छ । मुग्लिन कटेर धादिङतर्फ जाँदै गरेको ट्रक शनिबार बिहान सवा ९ बजेतिर त्रिशूली नदीमा खसेरको हो।
नदीमा खसेको ट्रकको ढोकाको भाग र शिशाहरू नदी किनारमा छिरोलिएको र इँटाहरू पनि खसेको हुँदा ट्रकले इँटा बोकेको हुन सक्ने चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नरहरि अधिकारीले जानकारी दिए । ट्रक नम्बर पनि नखुलेको र कतिजना थिए भन्ने बारेमा पनि केही जानकारी नखुलेको उनले बताए ।