हेटौंडा – प्युठानको माण्डवी गाउँपालिका ५ रम्दी चिनामा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
मृत्यु हुनेमा ट्याक्टरमा सवार प्युठानकै नौबहिनी गाउँपालिका १ ठुलागाउँका २५ वर्षीय चम्फा बिक रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका चम्फाको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बिजुवारले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका चालक सहित तीन जनाको उपचार सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये चालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
रा १ त ४१ ५६ नम्बरको ट्याक्टर अनियन्त्रित भएर आज बिहान ८ बजे सडकबाट एक सय मीटर तल खसेको थियो ।