प्रहर खबर
 २०८३ भाद्र १३, शनिवार    

गोरु काटिरहेको अवस्थामा तीन जना पक्राउ

२०८० मंसिर १, शुक्रबार १९:५३ बजे

काठमाडौं – गोरु काटिरहेको अवस्थामा कालीकोटबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नरहरिनाथ गाउँपालिका–८ बस्ने अन्दाजी वर्ष २२ का हिक्मत वि.क, वडा ९ बस्ने वर्ष ४० का मिम भन्ने मिनी दर्जी सोही वडा बस्ने वर्ष २४ का लोकेश परियार रहेका छन् ।

कात्तिक २५ गते नरहरीनाथ गाउँपालिका–८ मा गोरु काटिरहेको सूचना प्राप्तपछि इलाका प्रहरी चौकी कुमाल गाउँबाट खटिएको प्रहरी टोलीले गोरु काट्ने काममा संलग्न रहेको आरोपमा उनीहरुलाई २६ गते बिहान पक्राउ गरेको हो ।

काग तिहारको साँझ नरहरिनाथ गाउँपालिका–९ को विरौना जङ्गलमा रहेको चदारे खानेपानी ट्याङ्कीनजिकै गोरु काटेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

जङ्गलमा गोरु काटेको सूचना वडा ८ का वडाध्यक्ष लालबहादुर विष्टले दिएपछि प्रहरीले गोरुको टाउकोसहित उनीहरूलाई पक्राउ गरेको बताएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।