प्रहर खबर
 २०८३ कार्तिक ६, बिहीवार    

दुई युवक मकवानपुर प्रहरीको फन्दामा

२०७९ जेठ २९, आईतबार ०८:५६ बजे

हेटौंडा – मकवानपुरको भिफेदीबाट लागुऔषध सहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहु देबघाट गाउँपालिका–४ बस्ने २१ वर्षीय को सरोज भुजेल र जिल्ला काभ्रेपलाञ्चोक धुलीखेल नगरपालिका–९ बस्ने बर्ष २३ को जंग बहादुर तामाङ रहेका छन् ।

ईलाका प्रहरी कार्यालय भिमफेदी मकवानपुरबाट खटिएको प्रहरी टोलीले भिमफेदी गाउँपालिका वडा नं.६ बाट पक्राउ गरेको हो । बिरगंजबाट काठमाण्डौ जाँदै गरेको ना १ ज ३५५३ नम्बरको यात्रुबाहक सुमोलाई रोकेर चेकजाँच सुमोमा सवार भुजेल र तामाङको साथबाट ५३८ ट्याबलेट लागुऔषध नाईट्राभेट बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उक्त लागुऔषध सहित नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।