प्रहर खबर
 २०८३ भाद्र १२, शुक्रवार    

केरलामा रहेका इलामका मनकुमारको सर्पले डसेर मृत्यु

२०८१ कार्तिक १, बिहीबार ०९:५१ बजे

इलाम – सूर्योदय १४, भुतेनी टोलका २९ वर्षे मनकुमार योङहाङको भारत केरलामा मृत्यु भएको छ।

रोजगारीका लागि तीन वर्षयता केरलामा रहेका योङहाङलाई सोमबार बिहान ४ बजेतिर नेपियर रोपिएको ठाउँमा गाईको गोबर फ्याँक्ने क्रममा विषालु सर्पले डसेको थियो।

उपचार क्रममा हिजो साँझ मनकुमारको मृत्यु भएको उनका काका इन्द्र सुब्बाले जानकारी दिए।

योङहाङका बुबा पनि रोजगारीक्रममा केरलामै छन्। मनकुमारको शव नेपाल ल्याउने प्रक्रिया रहेको इन्द्रको भनाइ छ। मनकुमारका पत्नी र छोरी छन्।