प्रहर खबर
 २०८३ भाद्र १२, शुक्रवार    

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०७९ आश्विन २४, सोमबार ०८:१९ बजे

हेटौंडा – महोत्तरीको गौशाला नगरपालिका १ मिलनचोकमा आइतबार बेलुका मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६५ वर्षीय चेत प्रसाद प्याकुरेल रहेका छन् ।

प्रहरीका अनुसार गम्भीर घाइते भएका उनको उपचारका क्रममा जानकी मेडिकल अस्पताल रमदैया धनुषामा मृत्यु भएको हो । सामान्य घाइते भएका मोटरसाइकलमा पछाडी सवार सोही नगरपालिका ४ का २५ वर्षीय रोषण सिंहको शुभस्वतीक अस्पताल बर्दिबासमा उपचार भइरहेको प्रहरी छ । ््

गौशालाबाट माईस्थानतर्फ जाँदै गरेको बा ८७ प ९६७ नम्बरको मोटरसाइकलले हिजो बेलुकी पौने ८ बजे पैदल हिडिरहेका प्याकुरेललाई ठक्कर दिएर पल्टिएको हो । मोटरसाइकल चालक फरार भएकोले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय गौशाला महोत्तरीले जनाएको छ ।