प्रहर खबर
 २०८३ जेष्ठ २३, शनिवार    

सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्र हत्या, एक जना पक्राउ

२०८० बैशाख २२, शुक्रबार ०९:३४ बजे

हेटौंडा – सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्र हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पकाउ पर्नेमा चितवन राप्ती नगरपालिका-९ बस्ने २९ वर्षीय बिजय लामा भन्ने डम्बर बहादुर तामाङ रहेका छन् ।

प्रहरीका अनुसार तामाङविरुद्ध सामाजिक सञ्जाल टिकटकमा पीडितको फोटो र भिडियोलाई अश्लीलता सहित प्रसारण गरेको उजुरी परेको थियो । व्यक्तित्वको छविमा आँच पुर्‍याउने साथै, सार्वजनिक नैतिकता र शिष्टाचारमा असर पार्ने गरी चरित्र हत्या गर्ने कार्यमा तामाङले संलग्नता रहेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा उनलाई साइबर व्यूरो भोटहिटिबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय चितवनको सहयोगमा उनकै ठेगानाबाट पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।