प्रहर खबर
 २०८३ जेष्ठ २३, शनिवार    

चितवनमा मोटरसाइकलले च्यापिएको अवस्थामा एक पुरुष मृत फेला

२०८० फाल्गुन ११, शुक्रबार १०:१८ बजे

चितवन – चितवनमा मोटरसाइकलले च्यापेको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

खैरहनी नगरपालिका–१० कठारस्थित भित्री सडक खण्डमा आज बिहान पौने ६ बजे ना ४५ प ७७९८ नम्बरको मोटरसाइकलले खुट्टा च्यापिएको अवस्थामा खैरहनी–१० बस्ने ३४ वर्षीय दिलिप चौधरी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।