प्रहर खबर
 २०८३ भाद्र १३, शनिवार    

ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२०७९ कार्तिक ४, शुक्रबार ०६:५२ बजे

हेटौंडा – बाराको जितपुर सिमरा उपमहानगरपालिका २४ मा गएराती ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जितपुर सिमरा उपमहानगरपालिका १९ का २० वर्षीय बसरूदिन देवान रहेका छन् ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका देवानको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । नितनपुरबाट इनर्वा शिरातर्फ आउँदै गरेको बा २३ प ४२६९ नम्बरको मोटरसाइकललाई गएराति ९ बजे विपरित दिशाबाट जाँदै गरेको प्रदेश २–०३–००१ त ४११५ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो । ट्याक्टर सहित चालकलाई अस्थायी प्रहरी पोष्ट इनर्वा शिराले नियन्त्रणमा लिएको छ ।