हेटौंडा – जिल्ला प्रहरी कार्यालय मोरङले मोटसाइकल र स्कुटर चोरीमा संग्लग्न ४ जनालाई पक्राउ गरेको छ ।पौष १४ गते राती बिराटनगर महानगरपालिका–९ ठाकुरवाडी रोडबाट प्रदेश नं.०१–०२–०४२ प ३७७७ नम्बरको मोटरसाईकल हराएको थियो ।
मोटरसाईकल चोरीमा संग्लग्न रहेका धनपालथान गाउँपालिका–७ का २१ बर्षीय रविन राजबंशी, बुढिगंगा गाउँपालिका–७ का २५ बर्षीय पन्चदेव खवास र विराटनगर महानगरपालिका–१९ का २१ बर्षीय विकेश खवासलाई चोरीको उक्त मोटसाइकल सहित पक्राउ गरेको हो ।
यसैगरी सोही दिन बिराटनगर–८ मधुमाराबाट प्रदेश नं.०१–०२–००५१ प १०२७ नम्बरको स्कुटर चोरी भएको थियो । सूचना पाएसंगै खोजतलासमा खटिएको प्रहरी टोलीले चोरीमा संग्लग्न रहेका स्थानीय २० बर्षीय सतिस मुखियालाई स्कुटरको पार्ट पुर्जा खोल्दै गरेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई चोरी सम्बन्धी मुद्धामा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।