हेटौंडा – सल्यान कालिमाटी गाउपालिका वडा नं.२ झिंगानेका भुवन केसी मृत भेटिएका छन् । स्थानीय भक्त बादुर खत्रीको २८ वर्षीय छोरा भुवन सारदा खोलामा मृत फेला परेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार मानसिक सन्तुलन ठिक नभएको भुनव केही दिनअघि घरबाट निस्किएका थिए । घरमा नआएपछि आफन्तले प्रहरी र स्थानियको सहयोगमा खोजी गर्ने क्रममा सोमबार बिहान कालिमाटी गाउपालिका–४ पिप्लेस्थित सारदा खोलामा मृत अबस्थामा फेला परेको हो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।