प्रहर खबर
 २०८३ भाद्र १३, शनिवार    

नेपाल एयरलाइन्सका दुई पाइलटलाई निलम्बन

२०८० असार ७, बिहीबार १३:५१ बजे

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका दुई पाइलटलाई निलम्बन गरेको छ।

जापानको नारिता उडानका क्रममा उडान सुरक्षा नियम उल्लंगन तथा 'ए ३३०' मापदण्ड अपरेटिङ प्रोसिजर पालना नगरेको भन्दै प्राधिकरणले निलम्बन गरेको हो।

प्राधिकरणले अर्को सूचना जारी नभएसम्मका लागि उडान सेवाबाट निलम्बन गरेको बताएको छ।