काठमाडौं – जुवा खेलिरहेको अवस्थामा वडाध्यक्षसहित १९ जनालाई प्रहरीले पक्राउ गरेको छ । दार्चुलाको महाकाली नगरपालिका–४ तिंकरखेडा र वडा नम्बर ४ कै बांगाबगरबाट वडाध्यक्षसहित १९ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
सोमबार दिउँसो तिंकरखेडास्थित प्रेमसिंह बुढाथोकीको घरमा जुवा खेलिरहेका ११ जनालाई पक्राउ गरिएको र बांगाबगरबाट थप ८ जनालाई राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
पक्राउ पर्नेमा महाकाली नगरपालिका–१ का अध्यक्ष मोहन महरा, व्यास गाउँपालिका कार्यपालिका सदस्य असपाल बुढाथोकी समेत रहेको प्रहरीले जनाएको छ ।
यस्तै प्रेमसिंह बुढाथोकी, शंकर बुढाथोकी, सुरेन्द्र धामी, कमलसिंह धामी, नरेन्द्र सिंह ठगुन्ना, भुवनेश बुढाथोकी, चक्र बुढाथोकी, मुकेश बोहरा, राजेन्द्रसिंह डडाल, इन्टुक लामा, रामसिंह कार्की, चन्द्रसिंह महरा, दानसिंह कार्की, मदनसिंह महरा, सुरेन्द्रसिंह महरा, धिरेन्द्रसिंह महरा र ध्रुवसिंह महरा पक्राउ परेका छन् ।
उनीहरुको साथबाट नगद ४ लाख ५३ हजार ४३० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।