प्रहर खबर
 २०८३ जेष्ठ २३, शनिवार    

हेटौंडामा एक औषधी व्यवसायीद्वारा स्थानीय प्रशासनको व्यंग्यात्मक विरोध: टाउकोमा हेल्मेट र हातमा लौरी

२०८० भाद्र २९, शुक्रबार ०७:४९ बजे

हेटौंडा – बागमती प्रदेशको राजधानी शहर हेटौंडाको स्वास्थ्य क्षेत्र गत भाद्र २७ गतेदेखि असान्त बनेको छ । हेटौंडास्थित सञ्चो अस्पतालमा कार्यरत डाक्टरद्वय डा.विकास थापा र डा. प्रशान्त विडारीमाथि भएको कुटपिटको घटनाले स्वास्थ्य सेवा प्रभावित समेत भएको छ ।

कुटपिटको विषयलाई लिएर मकवानपुरको सरकारी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आकस्मीक सेवा बाहेक अन्य सेवा बन्द गरेर आन्दोलित हुँदा स्वास्थ्य सेवा प्रभावित बनेको हो । चिकित्सक कुटपिटको घटनालाई लिएर हेटौंडा एक औषधी व्यवसायीले टाउकोमा हेल्मेट र लैरी लिएर सेवामा खिटिएको तस्बीर सार्वजनिक गरेका छन् ।

हेटौंडा उपमहानगरपालिका वडा नं.१ भिन्तुनापथमा रहेको गोमा फर्माका सञ्चालक अमित आचार्यले आफ्नो फेसबुकबाट फोटा सार्वजनिक गरेका हुन् । स्थानीय प्रशासन तथा प्रहरीले स्वास्थ्य सेवा खटिएका कर्मचारीहरुको सुरक्षामा देखाएको उदासिनताको बिरोधमा आफुले हेल्मेट लगाएर र लौरो हातमा लिएर सेवा प्रदान गर्दै गरेको तस्बीर सामाजिक सञ्जालमा पोष्ट गरेको आचार्यले प्रहर खबरलाई जानकारी दिए ।