हेटौंडा – आफ्नै बुबाको हत्या गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
रुपन्देहीमा आफ्नै बुबा ५१ वर्षीय प्रेम प्रसाद पुनको हत्या गरेको अभियोगमा देवदह नगरपालिका–१० दलदले बस्ने २७ वर्षीय दिपक पुनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार आपसी झगडामा दिपकले आँगनबाट धकेल्दा प्रेम प्रसादको घटनास्थलमै मृत्यु भएको थियो । खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।