मकवानपुर – हेटौंडा उपमहानरगपालिका–१९ बस्तीपुरबाट नियन्त्रित लागूऔषध पिस वानरेक्स सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मनहरी गाउँपालिका–३ बस्ने ३४ वर्षीय रबि घलान र ३० वर्षीय बिनोद बल रहेका छन् ।
लागूऔषध बिक्री भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय नेवारपानी र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई एक सय एमएलको ३४ पिस वानरेक्स सहित लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।