प्रहर खबर
 २०८३ भाद्र १२, शुक्रवार    

सुनको गरगहना चोरी गर्ने एक दम्पती पक्राउ

२०८० श्रावण ७, आईतबार १४:४५ बजे

हेटौंडा – चोरीको सामाग्रीसहित एक दम्पती पक्राउ परेका छन् । रुपन्देही मायादेवी गाउँपालिका–४ सेमरीस्थित सुर्जमती नाउँको घरबाट चोरी गरेको सामानसहित एक दम्पतीलाई गएराति पक्राउ परेका हुन्।

पक्राउ पर्नेहरुमा सोही घरमा डेरा गरी बस्ने भारत बनारस घर भई जगदम्बा बोरा कम्पनीमा काम गर्ने २२ वर्षीय शिबम केशरी र उनकै श्रीमती १९ वर्षीया सोनी केशरी रहेका छन् ।

सुर्जमती नाउँको कोठाबाट सुन तथा चाँदीका गर–गहना चोरी गरी भाग्ने क्रममा उनीहरुलाई ईलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई करिब २ लाख ५० हजार रुपैयाँ बराबरको गर–गहनासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।