हेटौंडा – मकवानपुरका ८ स्थानीय तहका नवनिर्वाचित पालिका प्रमुखले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । बिहीबार जिल्ला समन्वय समितिमा एक कार्यक्रमकाविच मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले सपथ ग्रहण गराएका हुन्।
पहिलो चरणमा भीमफेदी गाँउपालिकाका हिदम लामा, इन्द्रसरोबर गाउँपालिका देवकृष्ण पुडासैनी, राक्सिराङ गाउँपालिकाका राजकुमार मल्ल, मकवानपुर गढीगाउँपालिका दोर्जे लामा र बकैया गाउँपालिका धर्मराज लामिछानेले पद तथा गोपनियताको सपथग्रहण गरेका हुन् ।
दोस्रो चरणमा थाहा नगरपालिका बिष्णुबहादुर बिष्ट ‘आदर्श’, मनहरी गाउँपालिका रन्जन कालाखेती, कैलाश गाउँपालिका लोक बहादुर मोक्तानले पद तथा गोपनियताको सपथग्रहण गरेका हुन् । सपथ ग्रहणसंगै मुख्य निर्वाचन अधिकृत श्रेष्ठले निर्वाचित भएको प्रमाणपत्र पनि प्रदान गरिएको छन् ।
सपथग्रहण कार्यक्रमकामा वागमती प्रदेश सदस्य प्रेम बहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुर अध्यक्ष रघुनाथ खुलाल,मकवानपुरका प्रजिअ भरतमणी पाण्डे, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा लगायत विभिन्न राजनैतिक दलका नेता तथा मकवानपुरका सुरक्षा निकायका प्रतिनिधिहरुको उपस्थित रहेको थियो।
निर्वाचित भएको ७२ घण्टाभित्र पद तथा गोपनियताको सपथ ग्रहण गर्नु पर्ने प्रावधान रहेको छ । हालसम्म मकवानपुरको ८ स्थानीय तहको अन्तिम नतिजा आएको छ । हेटौंडा उपमहानगरपालिका र बागमती गाउँपालिकाको मतगणना जारी छ । बाँकी स्थानीय तहका प्रमुखलाई तेस्रो चरणमा पद तथा गोपनियताको सपथग्रहण गराइने छ ।