हेटौंडा – काठमाडौंको कलंकीमा आज ट्रकको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ भने स्कुटर चालक युवती घाइते भएकी छिन् ।
मृत्यु हुनेमा स्कुटर पछाडी सवार काठमाडौंकै चन्द्रागिरी नगरपालिका १४ की ६५ वर्षीया सन्तुमाया राउत रहेकी छिन् । गम्भीर घाइते भएकी उनको उपचारको क्रममा महांकाल स्थित राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सामान्य घाइते भएकी स्कुटर चालक युवतीको कलंकी स्थित शहिद मेमोरीयल अस्पतालमा उपचार भइरहेको छ । कलंकीबाट नैकापतर्फ जाँदै गरेको सुदुर पश्चिम प्रदेश ०१औ००१ ख २९४१ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०३(००४ प ४७०३ नम्बरको मोटरसाइकललाई आज दिउँसो पौने १ बजे ठक्कर दिएको हो ।
ट्रक सहित चालक नियन्त्रणमा रहेको प्रहरी वृत्त कालिमाटीले जनाएको छ ।
प्रतिगात्मक तस्वीर