हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका वडा नं.७ रमैलीबाट डेढ क्वीन्टल लागुऔषध गाँजा सहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलाश गाउँपालिका–७ बस्ने ३० बर्षीय रामशरण चेपाङ, सोही स्थान बस्ने १९ बर्षीय बिश्वराम चेपाङ, ५६ बर्षीय कमान सिं चेपाङ र ३० बर्षीय कृष्ण बहादुर प्रजा रहेका छन् ।
प्रहरीको टोली गस्ति गर्दै जाने क्रममा बुधबार साँझ ७ बजेको समयमा बोराको भारी बोक्दै पैदल हिड्दै गरेका चारै जनालाई चेकजाँच गर्दा १ सय ५० किलो लागुऔषध गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बरामद गरिएको गाँजा सहित चारै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।