काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन)ले दिवंगत र्यापर यम बुद्ध (अनिल अधिकारी)को शालिक बनाउने घोषणा गरेका छन्। शनिबार दिउँसो उनले आफ्नो फेसबुक अकाउन्टमा स्टेटस लेख्दै आफ्नो यम बुद्धको सालिक बनाउन खर्चिने बताएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु। तपाईँहरूको दिन शुभ रहोस्।’
शुक्रवार यम बुद्धको शालिक बनाउन महानगरको बजेटबाटै १५ लाख छुट्याइएको सार्वजनिक भएको थियो। सो कुरा सञ्चार माध्यममा आएपछि शालिक बनाउने विषयमा बालेको पक्ष र विपक्षमा मत जाहेर भएका थिए।