काठमाडौँ – नेपाल सरकारले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली क्रिकेट टोलीका खेलाडीहरूलाई जनही तीन लाख राशीको पुरस्कार दिने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विजेता खेलाडीहरूलाई शुक्रवार बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्रीले उक्त पुरस्कारको घोषणा गरेका हुन् ।
प्रचण्डले सामाजिक सञ्जालबाट पनि विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको नेपाली क्रिकेट टोलीलाई बधाइ ज्ञापन गर्दै जनही ३ लाख राशीको पुरस्कार घोषणा गरेका छन् ।