प्रहर खबर
 २०८३ जेष्ठ २३, शनिवार    

हायसको टायर पड्किएर दुर्घटना हुँदा एकको मृत्यु, १३ घाइते

२०७९ भाद्र ६, सोमबार १४:३० बजे

हेटौंडा – गुडिरहेको माइक्रोबस टायर पड्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, १३ जना घाइते भएका छन् ।

सप्तरीको अग्निसाइर कृष्णसावरण गाउँपालिका ६ नयाँबस्ती बसन्तपुरमा दिउँसो पौने ३ बजे बा ५ ख २३१० नम्बरको हायसको टायर पड्किएर अनियन्त्रित हुँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा दुर्घटनामा कन्काई नगरपालिका ८ बस्ने ५२ बर्षीया अमृता ओली रहेका छन् । गम्भीर घाइते भएकी उनलाई अस्पताल पुर्‍याउना साथ चिकित्सकले मृत घोषित गरेका थिए ।

दुर्घटनामा चालक झापाको बिर्तामोड नगरपालिका४ का ४३ बर्षीय दुर्गाबहादुर मगरसहित १३ जना घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।