प्रहर खबर
 २०८३ कार्तिक ३, सोमवार    

सवारी दुर्घटनामा बाबुछोराको मृत्यु

२०७९ भाद्र १५, बुधबार १४:२९ बजे

काठमाडौं – बुटवलमा सवारी दुर्घटनामा परी बाबुछोराको मृत्यु भएको छ । बुधबार दिउँसो बुटवल १३ बेलवास चोकमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा बाबुछोराको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–१३ बेलवासका ४५ वर्षीय सोनु भट्टराई र उनका ५ वर्षीय छोरा निशान भट्टराई रहेका छन् । दुर्घटनाबाट गभ्मीर घाइते बाबुछोरालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बुटवल–१३ का १५ वर्षीय आयुष आचार्य र पाल्पा रामपुर २ का २३ वर्षीय अमृत सुनारी मगर घाइते भएका छन् । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु ४८ प ३२४६ नम्बरको मोटरसाइकल आपसमा ठोकिँदा दुर्घटना भएको हो । दुर्घटनामा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ क ४४२४ नम्बरको ट्यांकर मुनी लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल परेको थियो ।