प्रहर खबर
 २०८३ भाद्र १५, सोमवार    

मदन–आश्रितको शालिक तोडफोडप्रति ध्यानाकर्षण

२०७९ बैशाख ९, शुक्रबार ०८:१५ बजे

हेटौंडा – मदन भण्डारी फाउण्डेसनले हेटौँडा उपमहानगरपालिका–९ मा निर्माण हुँदै गरेको जननेता मदनकुमार भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

फाउण्डेसनका सचिव पेम्बा लामाले आज विज्ञप्ति जारी गरेर लोकतान्त्रिक र सामाजिक रुपान्तरणको आन्दोलनमा होमिएबापत मृत्यु वरण गर्नुपरेका दुई लोकप्रिय नेताका नाममा स्थापित संरचनालाई क्षति पु¥याउनु विकृत मानसिकता र अलोकतान्त्रिक व्यवहार भएको उल्लेख गरेकी छिन् ।

विज्ञप्तिमा लोकतन्त्रको उच्चतम् अभ्यासका रुपमा रहेको स्थानीय तह निर्वाचनको प्रक्रिया सुरु भएसँगै भएको यो घटनाले लोकतान्त्रिक शक्तिलाई चुनौती दिएको अनुभूति भएको जनाउँदै घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ ।

बागमती प्रदेश सरकार, हेटौंडा उपमहानगरपालिका र वडा कार्यलयको १ करोड ५५ लाख लगानी निर्माणधिन दिब्य बाल उद्यानमा रहेको मदन र जीवराज शालिक गएराती तोडफोड भएको थियो । जीवराजको प्रतिमा पुरै उखेलेर फालिएको र मदनको शिर भाचेर लगभग ५० मिटरको दुरीमा लगेर फालिएको अवस्थामा भेटिएको थियो ।